
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज असार ७ गते स्थापनाको पहिलो वार्षिकोत्सव मनाउँदै छ ।
असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाइरहेको पार्टीले आज बालाजुस्थित पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि चियापान कार्यक्रम राखेको छ । कार्यक्रममा सबैसजो प्रमुख दलका मूल नेतृत्वलाई निम्तो दिइएको पार्टीस्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउवालगायतला नेतालाई चियापानमा निम्तो गरिएको हो ।
साताव्यापी वार्षिकोत्सवका क्रममा पार्टीले देशैभर वृक्षारोपण, सामुदायिक स्कुल तथा अस्पताल सरसफाइ, रक्तदानलगायतका कार्यक्रम गरेको थियो । प्रतिनिधिसभा चुनावको करिब ५ महिनाअघि गठित रास्वपाले अहिलेको संसदमा ७.६ प्रतिशत प्रतिनिधित्व गरेको छ ।





