उपप्राध्यापक चलाउनेलाई आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्चको आदेश

  • पोखरा न्यूज
  • २०८० अषाढ ७
Post Thumbnail

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता नलिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । मुद्दा फिर्ता लिनुको कारण पेश गर्न भन्दै अदालतले सरकारलाई कारण देखाउ आदेश पनि दिएको छ ।

सरकारले आफूलाई आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता गरेपछि उपप्राध्यापक चलाउनेले सर्वोच्चमा रिट हालेका थिए । आफूमाथि सांघातिक आक्रमण गर्नेविरूद्धको मुद्दा फिर्ता निर्णयविरुद्ध चलाउने त्रिवि परिसरमा अनसन बसिरहेका छन् ।

उनले अनशन भने मुद्दा जितेपछि मात्रै तोड्ने बताएका छन् । २०७७ साल असोज २० चलाउनेमाथि सातजनाले कुटपिट गरेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस