इक्राले गर्यो सर्वोत्तम सिमेन्टको रेटिङ डाउनग्रेड

रेटिङ कम्पनी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको रेटिङ डाउनग्रेड गरेको छ ।

इक्राले उक्त कम्पनीको इस्स्युअर रेटिङ र बैंकको लोन रेटिङसमेत घटुवा गरेको छ । सर्वोत्तमले यसअघि  ट्रीपल बी प्लस (BBB+) पाएको इस्स्युअर रेटिङ डाउनह्रेड भएर ट्रीपल बी भएको छ । यसैगरी लामो समयको बैंक लोन रेटिङ पनि ट्रीपल बी प्लस (BBB+) बाट डाउनह्रेड भएर ट्रीपल बी(BBB) भएको छ भने छोटो समयको ऋण लिमिटको रेटिङ ए२(A2) बाट ए३+(A3+) मा झारिएको छ ।

इक्रा नेपालका अनुसार कम्पनीको तरलतालाई असर गर्ने गरि वर्किङ क्यापिटल साइकल लम्बिएको, छोटो समयको ऋणको अधिक उपयोगजस्ता कारणले रेटिङ डाउनग्रेड गरिएको हो । यसैगरी आर्थिक मन्दीले कम्पनीको उत्पादनको मागमा आएको गिरावट, आम्दानीमा कमी र अत्यधिक प्रतिस्पर्धाले नाफाको मार्जिनमासमेत गिरावट जस्ता कारणले गर्दा पनि रेटिङ डाउनग्रेड भएको जनाइएको छ ।

प्रिमियममा आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको आइपिओ जारी हुनु अघिनै व्यापक अनियमिताको आरोप लागेपछि सार्वजनिक निष्कासन रोकिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button