नेप्सेमा ३५ अङ्कको गिरावट, कारोबार ६ अर्ब नजिक

बुधबार नेप्से परिसूचक ३५.६७ अङ्कको गिरावट आएको छ भने करिब ६ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबार बिदा हुने भएपछि साताको अन्तिम कारोबार हुने दिन नेप्से परिसूचक २१५१ अङ्कमा आएर बन्द भएको छ । बजार घटेपनि कारोबार भने अघिल्लो दिन भन्दा ५० करोड बढी भएको छ । बुधबार तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज हिमालयन लाइफ, बिपिडब्ल्यु लघुवित्त र सिटी होटलका लगानीकर्ता सबैभन्दा धेरै १० प्रतिशतको को हाराहारीमा कमाए । तारागाउँ होटेल, खप्तड लघुवित्त र इङ्ग्वा हाइड्रोका लगानीकर्ताले भने ६ प्रतिशत भन्दा धेरै गुमाए ।

आज सर्वाधिक कारोबार हुने कम्पनी हिमालयन लाइफ इन्स्योरेन्स रह्यो । हिमालयन लाइफको करिब ८३ करोड ७० लाख बराबरको कारोबार हुँदा शिवम् सिमेन्टको २८ करोड, सोल्टी होटलको २३ करोड र एसियन लाइफको १९ करोड बढीको कारोबार भयो ।

केही हप्तादेखि निरन्तर बढेको बजारले आज भने ब्रेक लिएको छ । भोलि बिहीबार बकर इदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै सेयरबजार पनि बन्द हुनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button