बिहीबार घट्यो सुनचाँदीको भाउ

सुनको भाउमा पछिल्लो दुई दिनमा १२ सय रुपैयाँले गिरावट आएको छ । हिजो ६ सयले घटेको सुनको मूल्य आज थप ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको जनाएको छ । यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ४ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ९ सय रुपैयाँ तय भएको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सय रुपैयाँ कायम थियो ।

यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला ५ रुपैयाँको गिरावट आएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button