कोशीका मुख्यमन्त्री कार्कीले पाएनन् विश्वासको मत

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विश्वासको मत लिन असफल भएका छन् ।

शुक्रबार प्रदेश सभामा कार्कीले विश्वासको मत लिँदा पक्षतर्फ एमाले र राप्रपाले ४६ मत दिँदा नेपाली काङ्ग्रेस, माओवादी र समाजवादी विपक्षमा उभिएका हुन् । जसपाले मतदानमा भाग नलिने निर्णय गरेपछि कार्की विश्वासको मत पाउन असफल रहेका हुन् । मतविभाजनको क्रममा उनको विपक्षमा ४३ मत परेको थियो भने बाकिँ ४ सांसदले मतदानमा भाग लिएनन् । यस सँगै कोशीको सरकार ढलेको छ भने नयाँ सरकार बनेपनि उक्त सरकारले विश्वासको मत पाउने सम्भावना उत्तिकै कम रहेको छ ।

कोशी प्रदेशसभामा ९३ सांसद रहेकोमा नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । यसैगरी प्रदेशसभामा काङ्ग्रेसका २९, माओवादीका १२ र एकीकृत समाजवादीका ४ गरी ४५ सांसद कार्कीको विपक्षमा छन् । जसपाको एक सांसद र माओवादीका एक सभामुख गरि कुल ९३ सांसद रहेको प्रदेशसभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button