पोखरा रंगशालामा गण्डकी प्रदेशस्तरीय महिला भलिबल जारी

पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय महिला भलिबल २०८० मा सेमिफाइनलको समीकरण पुरा भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको ब्यवस्थापनमा जारी प्रतियोगिताको दोश्रो दिन क्वाटरफाइनलको खेल पुरा भएको हो । जारी प्रतियोगिताबाट स्याङ्जा, पर्वत, म्याग्दी र बाग्लुङ सेमिफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले जानकारी दिएका छन् ।

सम्पन्न खेलमा म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमिफाइलको यात्रा तय गरेको छ । फाइनलमा पुग्न अब म्याग्दीले बाग्लुङको सामना गर्ने भएको छ । यता बाग्लुङले गोर्खालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दीसँग अन्तिम चारमा भेट पक्का गरेको रेफ्रि टुक बहादुर गुरुङले बताए ।

यस्तै स्याङ्जाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङजाले २५–२१, २५–१९ स्कोरले कास्कीलाई पराजित गर्दै तथा पर्वतले तनहुँ माथि २५–१२, २५–१३ स्कोरको जित दर्ता गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

प्रतियोगितामा उपाधि विजेता टिमलाई नगद १ लाख, उपविजेतालाई नगद ७० हजार र तृतीय हुनेलाई नगद ४० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट सेटरलाई जनही नगद ५–५ हजारका साथमा ट्रफी तथा प्रमाणपत्र दिइनेछ । प्रतियोगितामा ११ वटै जिल्लाका टिमहरुको सहभागिता रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button