आइओसीले पठायो नयाँ मूल्यसूची, ग्याँसको मूल्य डेढ सय भन्दा बढीले घट्यो

भारतीय आयल निगमले नेपाल आयल निगमलाई आउँदो १५ दिनका लागि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

नयाँ मूल्यसूची अनुसार खाना पकाउने एलपी ग्याँसको मूल्य प्रति सिलिन्डर एक सय ६१ रुपैयाँले घटेको छ । त्यसैगरी पेट्रोलको मूल्य प्रति लिटर १४ पैसाले घट्दा डिजेलको मूल्य भने प्रति लिटर दुई रुपैयाँ १६ पैसाले बढेर आएको छ ।

नेपाल आयल निगम अहिले नाफामा नै रहेको छ तर ऋण देखाउँदै पेट्रोलियम पदार्थको भाउ भने घटाएको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button