घट्यो डिजेल र पेट्रोलको मूल्य, खाना पकाउने ग्याँसको भने यथावत्

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य भारतबाट आएको नयाँ मूल्यसूचीअनुसार समायोजन गरेको छ ।

यससँगै डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ५-५ रुपैयाँले घटेको छ भने खाना पकाउने ग्याँसको मूल्य भने यथावत् नै रहेको छ । निगमले तराईका हकमा प्रतिलिटर ७ रुपैयाँ ५० पैसाले मूल्य कटौती गर्दा सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलको भाउ घटेको छ । निगमको डिपोसँग भएको दूरीका आधारमा विभिन्न स्थानलाई वर्गीकरण गरि सोही हिसाबले मूल्य निर्धारण गरिएको निगमले जनाएको छ ।

नयाँ मूल्यसूची अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोल लिटरको १ सय ७० पर्नेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र बाह्यतर्फ इन्धनको मूल्य १५ रुपैयाँले घटेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button