एसईईको नतिजा केही बेरमै सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्दैछ ।

बिहीबार दिउँसो बोर्डको बैठक बसेपछि अपरान्ह ४ बजे नतिजा सार्वजनिक हुन लागेको? हो । गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागी भएका थिए । २ हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा देशभरका सामुदायिक र निजीका गरी १२ हजार ८३ विद्यालयका विद्यार्थी सामेल थिए ।

यसपटक पुरानै ग्रेडिङ पद्धति अनुसार नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । नतिजा वेबमा प्रकाशित हुन केही समय लाग्नेछ । यसपटक एसईईको नतिजा नेपाल टेलिकमको एसएमएस सर्टकोड १६००, जानकी टेक्नोलोजीको सर्टकोड ३५००१, इजी सर्भिसको सर्टकोड ३४९४९, आकाश टेक्नोलोजीको ३१००३ र क्रियसन सफ्ट नेपालको सर्टकोड ३१०६४ मा एसएमएस पठाएर प्राप्त गर्न सकिन्छ ।

यसैगरी राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, नेपाल टेलिकम, एनआइसी एसिया बैंक, इडु सञ्जाल, खल्तीलगायत १४ कम्पनीको वेबसाईटमा पनि ह्व्र्न सकिनेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button