पोखरामा महिला अधिकारकर्मीहरुको दौड प्रतियोगिता

पोखरामा महिला अधिकारकर्मीहरुबीचको दौड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा महिला अधिकार रक्षक सञ्जालको सहकार्यमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । महिला अधिकारर्कीहरुबीच पहिलो पटक आयोजित उक्त प्रतियोगितामा राइट फर चिल्ड्रेनकी निति तामाङ प्रथम भएकी छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

शुक्रबार पोखरा रंगशालामा भएको ८०० मिटर इभेन्टमा राइट फर चिल्ड्रेनकी निति तामाङले २ मिनेट ४४.३५ सेकेण्डमा दौड पुरा गरी प्रथम भएकी हुन् । उनले जितसँगै नगद रु ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरिन् ।

त्यसै गरी नौलो बिहानीकी दिपिका रानाले ३ मिनेट २८.७५ सेकेण्डमा पुरा गर्दै द्वितीय हुँदा सोही संस्थाकी वर्षा राना ३ मिनेट ३२.७० सेकेण्डमा दौड पुरा गरी तृतीय स्थान हासिल गर्न सफल भएका छन् । द्वितीय हुने दिपिकाले नगद ५ हजार र तृतीय भएकी वर्षाले नगद रु ३ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा नारीजागरण अभियानकी सन्तोषी भण्डारी र महिला उद्यमी महासंघकी गीता योगी क्रमश चौथो र पाँचौ भए । उनीहरुले जनही नगद १ हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव श्रीधर शर्मा लगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा विभिन्न २२ सस्थाका ५० भन्दा वढि महिलाहरुलो दौडमा सहभागिता जनाएको प्रतियोगिताकी संयोजक एवं प्रदेश खेलकुद परिषद्की कार्यकारी सदस्य तारा माया थापा मगरले बताइन् ।

यस अघि प्रतियोगिताको उद्घाटन सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले गरेकी थिइन् । सो अवसरमा उनले यस प्रकारका कार्यक्रमले खेलकुद विकासमा जागरण ल्याउन सहयोग पुग्ने बताउँदै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button