नेप्सेमा फर्कियो हरियाली, दोहोरो अङ्कको वृद्धि

साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

आज नेप्से परिसूचक २८.३८ अङ्कले बढेर २०७७.७६ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा सामान्य घटेको छ । बिहीबार तीन अर्ब ७ करोड भन्दा बढी भएको कारोबार आज घटेर ३ अर्ब ४ करोड २५ लाख ४३ हजार ९६१ रुपैयाँ पुगेको छ ।

बुधबार धेरै कमाउनेमा सिटी होटल र रावा इनर्जी कम्पनीका लगानीकर्ता रहे । रावा इनर्जीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि हुँदा सिटी होटलको सेयर पनि ६ प्रतिशत भन्दा बढीले वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ अप्पर तामाकोशी र बिपिडब्ल्यु लघुवित्तका लगानीकर्ता रहे । तामाकोशी कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल र अरुण काबेली शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : १८.६० करोड, १६.३६ करोड, १४.०८ करोड र १२.०१ करोड बराबरको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button