पृथ्वी राजमार्ग विस्तारअन्तर्गत “राइट अफ वे” मा परेका संरचना हटाइयो

पृथ्वी राजमार्ग विस्तार योजना अन्तर्गत पोखराको पृथ्वीचोक देखि विजयपुर पुलसम्म “राइट अफ वे” मा परेका संरचनालाई पोखरा महानगरले हटाएको छ ।

महानगरले सोमबार राजमार्गको दायाँबायाँ २३ मिटर मापदण्डभित्र रहेका संरचना डोजर लगाएरै हटाउन थालेको हो । एक महिना अगाडि नै मापदण्डभित्र परेका संरचना हटाउन जानकारी दिए पनि अटेरी गरेपछि महानगर आफै एक्सनमा उत्रिएको हो ।

त्यस अन्तर्गतको करिब ६ किलोमिटर दूरीमा ६० भन्दा बढी स्थायी-अस्थायी संरचना हटाउनु पर्ने महानगरले जनाएको छ । महानगरले आइतबार पनि सूचना जारी गर्दै त्यस क्षेत्रका संरचना हटाउने तथा सरसफाई गर्ने कामका लागि उपस्थित हुन नगरवासीलाई अनुरोध गरेको थियो ।

पृथ्वी राजमार्ग चार लेन विस्तार गर्ने योजना अन्तर्गत मुग्लिन देखि जामुनेसम्मको पूर्वी खण्डमा काम तुलनात्मक रुपमा धेरै भएको छ । पोखरा लगायत शहरी क्षेत्र रहेको पश्चिमी खण्डमा भने काम निकै सुस्त अघि बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button