
बैतडीको मेलौली नगरपालिका-७ स्वाखानीमा बस दुर्घटना हुँदा ठूलो संख्यामा यात्रुउहरु घाइते भएका छन् ।
सोमबार दिउँसो १ बजेतिर पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगर जाँदै गरेको लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ३० भन्दा बढी यात्रु घाइते भएको जनाइएको छ । मेलौली इलाका प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घटनास्थलबाट घाइतेहरुको उद्धार गरेको छ ।
बस करिब ४ सय मिटर तल खसेर रुखमा अड्किएको थियो । दुर्घटनामा घाइते हुनेहरुलाई केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको प्रहरीले जनाएको छ ।