नेपाल स्टक एक्सचेञ्ज नेप्सेको परिसूचकमा आज भने ४.७ अङ्कको झिनो गिरावट आएको छ ।
आज नेप्से परिसूचक ४.७३ अङ्कले घटेर २०७२.२४ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ९३ करोडले घटेको छ । मङ्गलबार कुल २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने ३ अर्ब ७९ करोड ७९ लाख ८६ हजार ५८३ रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बुधबार धेरै कमाउनेमा रावा इनर्जी, हिमालयन पावर र लिबर्टी इनर्जी रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ सिङ्गटी हाइड्रो, स्वेतगङ्गा हाइड्रो र मन्दाकिनी हाइड्रो रहे । ती कम्पनीको सेयर ५ प्रतिशत भन्दा बढीले घट्यो ।
आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल र साइन रेसुङ्गा विकास बैंक शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : १२.७८ करोड, १२.५४ करोड, १०.६७ करोड र ६.६१ करोड बराबरको कारोबार भयो ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution