हाइड्रोमा उछाल आउँदा समग्र नेप्से परिसूचक २१०० अङ्क नजिक

हाइड्रोपावर कम्पनीहरुको सेयर मूल्यमा उछाल आउँदा समग्र नेप्से परिसूचक २१०० अङ्क नजिक पुगेको छ । आज हाइड्रो इन्डेक्स १०२ अङ्क अर्थात ४.४१ प्रतिशतले वृद्धि भएको छ ।

बुधबार नेप्से परिसूचक २५.३१ अङ्कले घटेर २०९७.५६ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ३२ करोडले बढेको छ । आज कुल ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँ बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने २ अर्ब ८५ करोड ९४ लाख ९० हजार ४९० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज धेरै कमाउनेमा रिभर फल्स हाइड्रो, शिवश्री हाइड्रो, शुभम् पावर र सिवाइसी लघुवित्त रहे । ती कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ रावा इनर्जी, नेपाल फाइनान्स र समृद्धि फाइनान्स रहे । रावा इनर्जी कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सोल्टी होटल र नेपाल टेलिकम शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : ३३.९३ करोड, ९.२३ करोड, ९.१३ करोड र ८.५४ करोड बराबरको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button