चार्जमा राखेको फोन चलाउँदा करेन्ट लागेर मृत्यु

झापामा चार्जमा राखेको फोन चलाउँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको गौरीगन्ज गाउँपालिका-१ टुनु बस्तीकी ५५ वर्षीया शिला बुढाथोकीलाई चार्जमा जोडेको फोन उठाउन खोज्दा करेन्ट लागेको थियो । मोबाइलमा फोन आएपछि उठाउन खोज्दा करेन्ट लागेर उनको घटनास्थल मै मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button