आइतबार सेयर बजारमा दोहोरो अङ्कको वृद्धि

साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अङ्कले बढेको छ ।

आइतबार नेप्से परिसूचक १२.१६ अङ्कले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ९८ करोडले घटेको छ । आज कुल २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भएको थियो ।

आज म्युचुअल फन्ड उपसूचक सर्वाधिक २.०६ प्रतिशतले वृद्धि भयो भने बैंकिङ इन्डेक्स १.३३ प्रतिशत र लघुवित्त उपसूचक ०.९७ प्रतिशतले वृद्धि भयो । आज सर्वाधिक कमाउनेतर्फ म्युचुअल फन्डहरु रहे । त्यसैगरी धेरै गुमाउनेतर्फ लिबर्टी इनर्जी र मकर खोला हाइड्रो रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स र माउन्टेन इनर्जी हाइड्रो शीर्ष तीनमा रहे । ती कम्पनीको क्रमश : १९.१३ करोड, १५.६९ करोड र ९.८४ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button