“कमेडी क्लब विथ च्याम्पियन्स” कार्यक्रमको प्रसारण रोकिने

हाँस्य विधाको रियालिटी सो “कमेडी क्लब विथ च्याम्पियन्स” को प्रसारण रोकिने भएको छ ।

विगत १६ महिनादेखि प्रसारण भएको उक्त कार्यक्रम तत्कालका लागि बन्द गरिएको कार्यक्रमका निर्देशक तथा प्रस्तोता विशाल भण्डारीले जानकारी दिएआ हुन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ६९ शृङ्खलासम्म चलेको कार्यक्रमबाट टिमलाई केही समय विश्रामको आवश्यकता देखेर सो रोकिएको जानकारी दिएका हुन् ।

भण्डारीले कलाकार, लेखक, क्रियटिम टिम, थ्री प्रडक्सन टिम, कि एड्भर्टाइजिङ, कि इन्टरटेन्मेन्ट टिम र दर्शकको मायालाई कार्यक्रमको लामो यात्राको श्रेय दिँदै फेरि रिचार्ज भएर उपस्थित हुने पनि बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button