सेयर बजार दोहोरो अङ्कले बढ्दा कारोबारमा भने ह्रास

बुधबार सेयर बजार दोहोरो अङ्कले बढ्दा कारोबारमा भने ह्रास आएको छ ।

आज नेप्से परिसूचक ११.१७ अङ्कले बढेर २१६५.२५ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा करिब १७ करोडले घटेको छ । आज कुल ३ अर्ब ३४ करोड ९६ लाख ७९ हजार ९०० रुपैयाँ बराबरको सेयर कारोबार भयो । मङ्गलबार भने ३ अर्ब ५१ करोड ९७ लाख ६६ हजार ५५४ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज ट्रेडिङ उपसूचक सर्वाधिक ४.८३ प्रतिशतले बढ्दा बैंकिङ सबइन्डेक्स २.३१ प्रतिशत र विकास बैंक उपसूचक १.२२ प्रतिशतले वृद्धि भयो । आज सर्वाधिक कमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्तका लगानीकर्ता रहे । उक्त कम्पनीको भाउ १० प्रतिशतको हाराहारीमा बढ्यो । त्यसैगरी धेरै गुमाउनेतर्फ सृजनशील लघुवित्त, सामलिङ पावर र शुभम् पावर कम्पनी रहे । ती कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ युनाइटेड अजोड इन्स्योरेन्स, एनआइसी एसिया बैंक र शिवम् सिमेन्ट शीर्ष तीनमा रहे । ती कम्पनीको क्रमश : २३.५७ करोड, १४.७० करोड र १३.८८ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button