साँगामा पुलमुनि बस खस्यो, पाँच घाइते

काठमाडौंबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौं नगर बस साँगाको पुलमुनि खस्दा पाँच जना घाइते भएका छन् ।

बुधबार दिउँसो करिब ३:१५ बजे बा ४ ख ९३९६ को बस सूर्यविनायक नगरपालिका-९ स्थित साँगा पुलमनि भीरबाट करिब २५ मिटर तल खसेको हो । दुर्घटनामा घाइते यात्रुलाई उपचारको लागि भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमध्ये बस चालकको अवस्था गम्भीर रहेको जनाइएको छ । १५ जना सवार बस कसरी खस्यो भन्ने बारे भने खुलेको छैन ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button