गृहमन्त्री श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षणमा

गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारको स्थलगत निरीक्षण गर्न पुगेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनापछि आकस्मिक निरीक्षणका लागि गृहमन्त्री श्रेष्ठ प्रहरी महानिरीक्षक वसन्त कुँवर, भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीसमेत लिएर विमानस्थल पुगेका हुन् । स्थलगत निरीक्षण पछि गृहमन्त्री श्रेष्ठले घटना संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याएरै छाड्ने बताए ।

सुन काण्डमा अनुसन्धानका लागि एक चिनियाँसहित १० जना पक्राउ परेका छन् । हङकङबाट आएको विमानमा रेडी ट्रेड प्रालि नामक कम्पनीले मोटरसाइकल र स्कुटरको ब्रेक सुको आवरण ठूलो परिमाण सुन भित्र्याएका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button