सचिव कृष्ण बहादुर राउतलाई रिहा गर्न सर्वोच्चको आदेश

नेपाल सरकारका बहालवाला सचिव कृष्ण बहादुर राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

ललितानिवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको बनाउन सरकारी दस्तखत तथा कागजात कीर्ते गरेको आरोपमा राउत पक्राउ परेका थिए । राउतलाई रिहा गर्न उनको परिवारले बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चमा दर्ता गरेको थियो ।

सोही रिटउपर सुनुवाइ गर्दै न्यायाधीशद्वय प्रकाश ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामुक्त गर्न आदेश दिएको हो । राउत अनुसन्धान नसकिएसम्म मुलुक बाहिर जान भने पाउने छैनन् ।

ललितानिवास प्रकरण मै अन्य आरोपितहरु सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङलाई भने थुनामुक्त गर्न सर्वोच्चले अस्वीकार गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button