पोखरा भित्रिने र बाहिरिने सबै बस अब बसपार्कबाटै सञ्चालन हुने

पोखरा भित्रिने र बाहिरिने सबै बस अब बसपार्कबाटै सञ्चालन हुने भएको छ ।

पोखरा महानगरपालिकाको सूचना अनुसार अब पोखरा भित्र प्रवेश गर्ने तथा पोखराबाट बाहिरिने सम्पूर्ण बस सेवा बसपार्क भित्रबाटै सञ्चालन हुनेछन् भने दुई दिन भन्दा बढी बसपार्क भित्र होल्ड भई बस्ने सवारीसाधानहरु महानगरपालिकाको प्रशासनिक भवन निर्माण स्थल ड्यामसाइडमा व्यवस्थापन गरिनेछ ।

आइतबार बसेको जिल्ला सुरक्षा समिति कास्की र पोखरा महानगरपालिकाको समन्वयात्मक बैठकले उक्त निर्णय गरेको जनाएको छ । महानगरले आजैबाट लागू हुनेगरि पोखराको पृथ्वी चोकदेखि चाइना पुलसम्म पार्किङ निषेध कार्यान्वयनमा ल्याइसकेको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button