स्याङ्जामा जिप दुर्घटना, १२ जना घाइते

पोखरा । स्याङजामा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

भिरकोट नगरपालिका -६ कार्कीडाँडास्थित भित्री सडकखण्डमा शुक्रवार साँझ ग २ च ७३७५ नम्बरको बलोरो जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका हुन ।

बयारघारीबाट तिसेदीतर्फ जाँदै गरेको जिप उकालो बाटोमा ब्याक हुन गई पल्टिएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको पश्चिमाञ्चल हस्पिटल पोखरा र कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button