अनुराग र रोजिनालाई कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कार

पोखरा । कौशिलादेवी भण्डारी बालसाहित्य पुरस्कार बाल प्रतिभा द्वय अनुराग सापकोटा र रोजिना अधिकारीलाई प्रदान गरिएको छ ।

नारी प्रतिभा वाङ्मय प्रतिष्ठानले बिहीबार आफ्नो तेस्रो स्थापना दिवसको अवसर पारेर जनही १० हजार राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।

पुरस्कृत हुने अनुराग महेन्द्र मावि लाहाचोकमा कक्षा १० मा अध्ययनरत छात्र हुन भने र रोजिना शितलादेवी मावि पोखरा –१२ मा कक्षा ८ मा अध्ययन गरिरहेकी छन् ।

कार्यक्रममा प्रमुख अतिथि लोक गायिका हरिदेवी कोइरालाले पुरस्कृत बाल प्रतिभाद्वयलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेकी थिइन् । उनले आजको दिनमा साहित्यमा रुचि राख्ने बालबालिकाले भोलिका दिनमा साहित्यिक जगतमा उल्लेखनीय योगदान पुर्‍याउन सक्ने भन्दै यस्ता पुरस्कारले बाल प्रतिभाहरूलाई थप हौसला, प्रेरणा मिल्ने बताइन ।

कार्यक्रमकी सभापति एवं प्रतिष्ठानकी अध्यक्ष छन्दिका त्रिपाठीले पुरस्कृत हुने बाल प्रतिभा द्वयलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानले आगामी दिनमा प्रत्येक दुई/दुई वर्षमा दुई जना बाल प्रतिभालाई पुरस्कृत गर्दै जाने बताइन ।

कार्यक्रममा कवि सरस्वती श्रेष्ठ सरूले स्रष्टा परिचय प्रस्तुत गरेकी थिइन् । स्व. कौशिलादेवी भण्डारीको नाउँमा समाजसेवी झलकबहादुर भण्डारी र साहित्यकार डा. पुष्पा केसीले स्थापना गरेको पुरस्कार यो वर्ष प्रथम पटक प्रदान गरिएको हो ।

प्रतिष्ठानकी सचिव लक्ष्मी थापाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले यो वर्षका प्रतिभा छनोट गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button