विप्लव र प्रकाण्ड विरुद्ध पक्राउ पुर्जी

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द (विप्लव), पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित चारजना नेताविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

जिल्ला अदालत काठमाडौंले सूचना प्रकाशित गरि सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जी जारी गरेको हो ।

सूचनामा माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्कीको नाममा अदालतमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

अभियोगपत्रमा माइला लामासहित दिपेश राई, खड्गबहादुर विश्वकर्मा, हेमन्त प्रकाश ओली, उदयबहादुर चलाउने, चन्द्रबहादुर खड्का, राजु कार्की, नेत्रविक्रम चन्द, नविन विष्ट र केदार खतिवडालाई विपक्षी बनाइएको थियो ।

त्यही दिन हरिबहादुर खड्का, नेत्रबिक्रम चन्द, माइला लामा (भीमढुंगा), माइला लामा (कामपा–९), सुरेन्द्र महर्जनविरुद्धको राजद्रोहको अर्को मुद्दा पनि दर्ता भएको थियो । उनीहरुमाथि संगठित आपराधिक समूहमा आवद्ध भई बिस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको आरोप छ ।

उनीहरु फरार भएको, प्रहरीले अदालतमा उपस्थित गराउन नसकेको भनेपछि इजलासले नै उनीहरुलाई उपस्थित गराउनु भनी ३५ दिने वारेन्ट जारी गर्न आदेश दिएको थियो ।

विप्लव लगायतका नेताहरु विरुद्ध यसअघि पनि पक्राउ पुर्जी जारी हुँदै आएको थियो भने प्रकाण्डले पटकपटक जेल जीवन भोगेका छन् । उनीहरु विरुद्धका दर्जन बढी मुद्धाहरु अदालतमा विचाराधीन अवस्थामै छन् ।

पक्राउ पुर्जी जारी भएसँगै नेपालको राजनीति तरंगित हुने आँकलन गरिएको छ । नेकपा महासचिव विप्लव समाजवादी मोर्चामा आवद्ध छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button