इमेज सहकारीका कार्यबाहक अध्यक्ष परियार कारागार चलान

  • पोखरा न्यूज
  • २०८० मंसिर १९
इमेज सहकारीका कार्यबाहक अध्यक्ष परियार कारागार चलान

पोखरा । बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ल प्रहरी कार्यालय बागलुङका अनुसार परियारविरुद्ध सहकारी संस्थाको ठगीसम्बन्धी सहकारी ऐन, २०७४ अन्तर्गत मुद्धा दर्ता गरेकोमा जिल्ला अदालतले उनलाई कारागार पठाउन आदेश दिएको हो ।

परियार गत असार १० गतेदेखि फरार रहेकामा प्रहरीले खोजी गर्नेक्रममा मंसिर १५ गते पक्राउ परेका थिए ।

सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित अन्य सञ्चालकहरु अझै फरार छन् । सहकारीको करोडौं रकम हिनामिना भएको तथ्य बाहिर आएको थियो । इमेज सहकारीको पोखरामा पनि शाखा कार्यालय रहेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस