पोखरामा निजी सवारीसाधन भाडामा लगाउन नपाइने, ४५ पसललाई सचेत गराइयाे

  • पोखरा न्यूज
  • २०८० मंसिर १९
पोखरामा निजी सवारीसाधन भाडामा लगाउन नपाइने, ४५ पसललाई सचेत गराइयाे

पोखरा । पोखरामा अबदेखि निजी सवारीसाधन भाडामा लगाउन नपाइने भएको छ । लेकसाइड र अन्य क्षेत्रमा व्यक्तिहरुले निजी गाडीलाई भाडामा राख्ने गरेका थिए ।

विभिन्न पसलहरुमा निजी गाडी, मोटरसाइकल र स्कूटर भाडामा राखेको सूचना बोर्ड प्रहरीले हटाइदिएको छ ।

साथै नियम विपरीत निजी सवारी साधन भाडामा लगाउने व्यवसायीलाई सचेत गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भुवन बरामका अनुसार नियम विपरीत निजी सवारीसाधन सञ्चालन गर्ने लेकसाइडका ४५ पसललाई सचेत गराइएको हो ।

ट्राफिक प्रहरी कास्की, वडा प्रहरी कार्यालय बैदाम र पोखरा महानगरको संयुक्त टोलीले उनीहरुलाई सचेत गराउँदै ५५ वटा बोर्ड हटाइएको हो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस