उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

पोखरा । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् । उनलाई शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ ।

गत असोजको अन्तिम साता चीन भ्रमणको क्रममा मुटुको धमनीमा अवरोध देखिएको थियो । उनी थप उपचारका लागि हिजो साँझ अस्पताल पुगेका थिए ।

आंशिक अवरोध रहेको भागमा डा अरुण मास्केसहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरेपछि यतिबेला उनको सघन उपचार कक्षमा उपचार भइरहेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।

श्रेष्ठ चीनको भ्रमणमा रहेको बेला गत असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो ।

उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button