पोखरा थन्डर्स शीर्ष स्थानमा

पोखरा । पोखरा थन्डर्स जारी नेपाल सुपर लिग (एनएसएल) मा शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो सिजनमा आज स्पोर्टिङ इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा उक्लिएको हो ।

पोखराले दशरथ रंगशालामा आज भएको खेलमा इलाममाथि १-० को संघर्षपूर्ण जित निकालेको हो ।

चार खेलमा इलामले तेस्रो हार ब्यहोर्दा पोखराले भने दोस्रो जित हासिल गरेको हो । यो जितसँगै पोखरा आठ अंकसहित शीर्ष स्थानमा रहँदा इलामको भने तीन अंक छ ।

हालसम्म अपराजित पोखराले यसअघि एफसी चितवनलाई हराउँदा ललितपुर सिटी र झापासँग बराबरी खेलेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button