कर्मचारीलाई प्रदेश खेलकुद परिषद्मा हाजिर हुन राखेपको निर्देशन

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत पोखरामा कार्यरत कर्मचारीलाई प्रदेश खेलकुद परिषद् गण्डकी (साविक क्षेत्रीय खेलकुद) मा हाजिर हुन निर्देशन दिइएको छ ।

राखेपले कर्मचारीलाई पत्राचार गरि प्रदेश खेलकुद परिषद् गण्डकीमा हाजिर हुन निर्देशन दिएको बताइन्छ ।

राखेपले मंसिर १० गते थप अधिकार प्रत्यायोजन गर्दै पत्रचार गरेकोले अर्को व्यवस्था नभएसम्मका लागि प्रदेश खेलकुद परिषद् गण्डकीमा हाजिर हुन परिषदले पत्राचार गरेको हो ।

राखेप अन्तर्गत हाल पोखरामा वरिष्ठ प्रशासकीय अधिकृत एक जना, उपनिर्देशक एकजना, इन्जिनियर एक जना, नायवसुव्वा एक जना, कम्प्यूटर खरिदार एक जना, कार्यालय सहयोगी एक जना गरि ६ जना कर्मचारी कार्यरत छन् ।

कर्मचारीहरुलाई एक साता भित्र प्रदेश खेलकुदमा हाजिर हुन र यदि हाजिर भई कामकाज गर्न नपर्ने भए सोको कारणसहित जानकारी गराउनसमेत पत्रमा भनिएको छ ।

साथै, राखेप अन्तर्गत कार्यरत कर्मचारीहरुको विदा स्विकृति तथा हाजिर प्रमाणित प्रदेश खेलकुदले गर्ने भएको पत्रमा जनाइएको छ ।

साविक क्षेत्रीय खेलकुद पोखरामा कार्यरत कर्मचारीहरुलाई आफ्नो तहगत विवरण र सञ्चिती बिदासँंगै जिल्ला खेलकुदमा कार्यरत कर्मचारीलाईसमेत सोही अनुसारको आ-आफ्नो विवरण प्रदेश खेलकुद गण्डकीमा बुझाउन पत्रमा उल्लेख गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button