भानुभक्त आवासीय माविमा वार्षिक खेलकुद

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ सिम्पानीस्थित भानुभक्त आवासीय माध्यमिक विद्यालयमा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा अन्तर सदनात्मक, कक्षागत, एकल तथा युगल प्रतिस्पर्धाका फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, क्रिकेट, दौडहरू लगायत अन्य थुप्रै खेलहरू समावेश गरिएको विद्यालयका संस्थापक प्राचार्य दिनेशकुमार लामिछानेले जानकारी दिए ।

कक्षा ११ र १२ तर्फका सम्पूर्ण प्रतिस्पर्धाहरू मिश्रित समूहमा भएका थिए । कक्षा १० सम्मको सिनियर पुरुष फुटबलतर्फ हरियो सदन पहिलो र नीलो सदन दोस्रो भए । पुरुष भलिबलतर्फ रातो र हरियोले क्रमशः पहिलो र दोस्रो स्थान हासिल गरे ।

महिला भलिबलतर्फ नीलो र रातो सदन क्रमशः प्रथम र द्वितीय भए । जुनियरतर्फ कक्षा ५ देखि ७ सम्मको पुरुष फुटबलतर्फ पहेलो र नीलो सदन क्रमशः प्रथम तथा द्वित्तीय स्थान हासिल गर्न सफल भए ।

खेलकुद कार्यक्रमका संयोजक एवं विद्यालयका आधारभूत तह इञ्चार्ज दीपक तामाङले विजेता एवं उपविजेता खेलाडीहरूलाई मेडल, ट्रफी एवं प्रमाणपत्रद्वारा सम्मान गरिने बताए । कानून विषयमा कक्षा ११ र १२ सञ्चालित विद्यालयमा हाल ५०० बढी विद्यार्थी अध्ययनरत छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button