सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडौँ । नाबालिगको बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित भएको छ ।

पटक-पटक स्थगित हुँदै आएको सन्दीप विरुद्धको आजको मुद्धा पनि स्थगित भएको हो ।

काठमाडौँँ जिल्ला अदालतमा चलिरहेको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो ।

तर एक नम्बरमै परेको मुद्दा सन्दीपका कानून व्यवसायीका तर्फबाट स्थगित गरिएको हो ।

नेपाल बार एसोसिएसनका तर्फबाट चितवनमा आयोजित मानवअधिकार सम्मेलनमा अधिवक्ताहरू व्यस्त रहेकाले मुद्दा स्थगित गर्नुपरेको सन्दीपका वकिल सरोजकृष्ण घिमिरेको तर्क रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button