लेखनाथको अर्घौंचोकमा सवारी दुर्घटना : एकको मृत्यु, एक जना गम्भीर घाइते

  • पोखरा न्यूज
  • २०८० मंसिर २४
लेखनाथको अर्घौंचोकमा सवारी दुर्घटना : एकको मृत्यु, एक जना गम्भीर घाइते

|दुर्घटनामा परेको कार ।

पोखरा । पोखरामा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अर्का एक महिला घाइते भएकी छन् ।

पोखराको लेखनाथस्थित अर्घौंचोकमा आज दिउँसो ४ः१५ बजे बि एए ००४१ (B AA 0041) नम्बरको कार र ग१३प ३५७८ नम्बरको स्कूटर एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो । मृत्यु हुने महिलाको पहिचान हुन सकेको छैन ।

गम्भीर घाइते भएकी महिलाको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं. १९ घर भएकी वर्ष २३ की भावना बराल रहेको बताइएको छ ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नै उपचार भइरहेको छ ।

कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप विवरण आउन बाँकी छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस