राप्रपा म्याग्दीका नेता गौचनको निधन

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका नेता झलप्रसाद गौचनको निधन भएको छ । मुटु र उच्च रक्तचापको समस्याबाट पीडित गौचनको मंसिर २२ गते काठमाडौंस्थित ग्राण्डी इन्टरनेसनल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मंसिर १९ गते बिहान ब्याडमिन्टन खेलेर घर फर्किएका उनी अचानक बेहोस भएर ढलेका थिए । उनलाई उपचारका लागि हेलिकोप्टमार्फत काठमाडौं पुर्याइएको थियो ।

गौचनलाई अस्पताल पुर्याउँदा मुटु, मिर्गौलालगायतका शरीरका महत्वपूर्ण अंग काम गर्न नसक्ने अवस्थामा पुगेको बताइएको छ । उनलाई तीन दिनसम्म भेन्टिलेटरमा कृत्रिम सास दिएर उपचार गरिएको थियो ।

स्व. गौचन बेनीस्थित भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत हुन् । उनी बेनी नगरपालिकाका निर्वतमान कार्यपालिका सदस्यसमेत हुन् ।

स्व. गौचनको आइतबार थकाली धार्मिक विधि अनुसार कालिगण्डकी नदीमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरमा पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वराज्यमन्त्री भीमप्रसाद गौचनले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button