थानीले दिए राजीनामा

  • पोखरा न्यूज
  • २०८० मंसिर २६
थानीले दिए राजीनामा

पाेखरा । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार अपराह्न ४ बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् ।

थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । तर उनले दुई वर्ष नपुग्दै राजीनामा दिएका हुन् ।

उद्योगमन्त्री रमेश रिजालले थानीले राजीनामा दिएको पुष्टि गरेका छन् ।

थानीले दिएको राजीनामा स्वीकृत गरेको मन्त्री रिजालले उल्लेख गरे ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस