बास्केटबलतर्फ प्रतिभा माविलाई दोहोरो उपाधि

पोखरा । प्याब्सन कास्कीद्वारा आयोजित मावि स्तरीय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत प्रतिभा माविले दोहोरो उपाधि जितेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत छात्र÷छात्रा बास्केटवलमा प्रतिभाले दुबैतर्फ जित हासिल गरेको हो ।

प्रतियोगिताको छात्रतर्फको फाइनलमा प्रतिभाले माउन्ट अन्नपूर्ण माविलाई पराजित गरि उपाधि जित्दा छात्रातर्फ ग्लोबल कलेजियटलाई पराजित गरि उपाधि जितेको हो ।

यस्तै छात्र बास्केटबलमा मनकामनाले मेरिगोल्डलाई हराउँदै तेश्रो स्थान प्राप्त गरेको छ भने छात्रातर्फ माउन्ट अन्नपूर्ण माविलाई पराजित मेरीगोल्ड तेश्रो स्थान हासिल गरेको छ ।

छात्र बास्केटबलमा प्रतिभाका केशव पुन उत्कृष्ट खेलाडी तथा माउन्ट अन्नपूर्णका अनिल पुन हाइस्कोरर घोषित भए भने छात्रातर्फ प्रतिभाकी स्वेच्छा थापा उत्कृट खेलाडी एवं हाइस्कोरर सोही विद्यालयकी मन्दिता गुरुङ भएकी छन् ।

यस्तै, बुधबार नै भएको छात्र भलिबलतर्फ गुरुकुल माविले उपाधि जितेको छ । फाइनलमा गुरुकुलले स्पाइरल ग्यालेक्सीलाई पराजित गरेको हो ।
छात्रतर्फ तेश्रो स्थानमा करुणानिधी माविले चित्त बुझायो । करुणनिधीले पश्चिमाञ्चल माविलाई हराएको हो ।

यसै गरि छात्रातर्फ गुरुकुलले प्रतिभालाई पराजित गरि उपाधि जित्दा केफ माविले स्टेप वाई स्टेपलाई हराउँदै तेश्रो स्थान प्राप्त गर्न सफल भयो ।

छात्रा भलिवलमा गुरुकुलकी सुष्मिता श्रीपाली उत्कृष्ट खेलाडी तथा प्रतिभाकी अञ्जली किशान उत्कृष्ट स्पाइकर बन्न सफल भइन् । यस्तै छात्रतर्फ गुरुकुलका सुदिप सुनार उत्कृष्ट खेलाडी एवं स्पाइरल ग्यालेक्सीका हिमाल मगर उत्कृष्ट स्पाइकर घोषित भए ।

यस्तै टेबुल टेनिसतर्फ समग्रमा सगरमाथा मावि प्रथम भएको छ भने समान अंक प्राप्त गरि स्टेपवाई स्टेप वाई स्टेप र ग्लोबल दोश्रो भएका छन् ।

टेबुल टेनिस खेलतर्फ सम्पन्न छात्र सिंगल्स फाइनलमा स्टेप वाई स्टेपका सुलभ केसी पहिलो हुँदा, सबलाइमका अमन पौडेल दोश्रो, बालप्रभातका सदिश अर्याल र ग्लोबलका प्रज्वल थापा तेश्रो भएका छन् ।

छात्रा सिंगल्स फाइनलमा सगरमाथाकी सेजल बानियाँ पहिलो, टप्सकी सम्पदा अर्याल दोश्रो, केफकी समृद्धि अधिकारी र ग्लोबलकी रोजिना गुरुङ तेश्रो भएका छन् ।

यस्तै टेबुल टेनिस डबल्स छात्रतर्फ स्टेप वाई स्टेपका सुलभ केसी र प्रवेश पौडेलको जोडी पहिलो हुँदा टप्सका मुकेश थापा र धनेश घलेको जोडी दोश्रो तथा सगरमाथाका इशान बराल र सुक्रितिया सिग्देलको जोडी एवं रेन्वोका इशान थापा मगर र शिवशक्ति गुरुङले तेश्रो स्थान हात पारेका छन् ।

यस्तै छात्रातर्फ केफका सभ्यता अधिकारी र समृद्धि अधिकारीको जोडी पहिलो, सगरमाथाकी सेजल बानियाँ र राधिका जैशी दोश्रो, ग्लोबलकी रोजिना गुरुङ र सृष्टि गुरुङ तथा टप्सकी सम्पदा गुरुङ र सम्झना नेपालीले तेश्रो स्थान हात पारे ।

विजेता टिम तथा खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गर्दै गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले शिक्षा र खेलकुदलाई संँग-संँगै लैजान सके राष्ट्रको गौरव बढाउने गरि खेलाडी उत्पादन हुन सक्ने बताइन् ।

प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button