प्युठानमा बेहुला सवार गाडीको ठक्करबाट एक जन्तीको मृत्यु, तीन जना घाइते

प्युठान । प्युठानमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा मल्लरानी गाउँपालिका वडा नं. ३ चोरपानीका ५२ वर्षीय दामोदर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार जन्ती हिंडेका परियारलाई लु३च ६८४७ नम्बरको स्कारपिओ गाडीले परियारलाई बेहुला सवार गाडीले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक होमानन्द खनालले जानकारी दिए ।

अघि-अघि जन्ती, पछि-पछि बेहुला बोकेको गाडी हिँडिरहेको बेला अकास्मात् गाडीको टायर पन्चर भइ अगाडि हुत्तिएर दुर्घटना भएको भएको हो ।

‘बाटो अलिअलि ओरालो थियो । अघि नाच्दै गाउँदै जन्ती हिँडिरहेका थिए । सोही क्रममा गाडीको टायर पन्चर भएर अगाडि हुत्तिएछ,’ प्रहरी निरीक्षकले खनालले भने ।

सो दुर्घटनामा थप तीन जना घाइते भएका छन् । घाइते हुनेमा मल्लरानी गाउँपालिका गाउँपालिका वडा नं. ३ का कृष्ण परियार, ऐरावती गाउँपालिका वडा नं. २ करिश्मा सुनार, सिर्जना सुनार र दाङको राप्ती गाउँपालिका वडा नं. ५ कि पिपला सुनार घाइते रहेको इन्स्पेक्टर खनालले जानकारी दिए । घाइतेको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button