
पोखरा । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनस्थित कुमुदिनी होम्सले पोखरा-२५ हेम्जाको मानव सेवा आश्रममा खाद्यसामग्री तथा आर्थिक सहयोग गरेको छ । विद्यालयको ३७ औं स्थापना दिवसको अवसर पारेर उक्त सहयोग गरिएको हो ।
विद्यालयका सञ्चालक मीना पालिखेले खाद्यसामग्रीसहित ५ हजार ५ सय ५५ रुपैयाँको चेक आश्रमलाई हस्तान्तरण गरिन् ।
कार्यक्रममा विद्यालयका ३५ जना विद्यार्थी र पाँच शिक्षक सहभागी भएको विद्यालयकाम सहप्राचार्य मन बहादुर भुजेलले जानकारी दिए ।
सो अवसरमा मानव सेवा आश्रमका सदिश पुनले आश्रमका बारेमा सहभागी विद्यार्थी तथा शिक्षकहरुलाई जानकारी गराएका थिए । उनले आश्रममा हाल १ सय १४ जना मानिस आश्रित रहको जानकारी दिए ।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण सहप्राचार्य मनबहादुर भुजेलले गरेका थिए ।





