पोखरा । पोखरामा सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था र लायन्स क्लव अफ पोखरा दर्पणले संयुक्तरुपमा रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
सराङ्गकोट बहुउद्देश्यीय सहकारीको १७औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ३३ युनिट रगत सङ्कलन भएको छ।
मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको सहकारीका अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
सहकारीका पूर्व अध्यक्ष एवं लायन्सका अगुवा प्रेमबहादुर जिसीले लायन्स क्लव अफ पोखरा दर्पणका अध्यक्ष ई. किरण केसीलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए ।
आकस्मिक रक्तदान समूहका प्रमुख हरिश्चन्द्र शर्माले सहकारीले सदस्य सेवासँगै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानव सेवा भएको बताए ।
सहकारीका अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका जोन चियर पर्सन प्रमुख वीजेन्द्र शर्मा, पूर्व अध्यक्ष राममणि पौडेल, रक्तसञ्चार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली, लायन्स लिडर अमृत बराल, बालकृष्ण बराल, जनप्रिय क्याम्पसका कोषाध्यक्ष गणेश बहादुर अधिकारी, कार्यक्रम संयोजक शिवबहादुर थापा, रक्तदान अभियान्ता जितेन्द्रमान शाक्य, संस्थाका सचिव कुलप्रसाद सुवेदी लगायतले बोलेका थिए ।
२०६३ सालमा स्थापित सहकारीले स्थापनादेखि नियमित रक्तदानसहित विविध सामाजिक कार्य गर्दै आइरहेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution