
पाेखरा । मधेश प्रदेश सरकारले आज पुस १ गते आइतबार सार्वजनिक बिदा दिएको छ। विवाहपञ्चमी महोत्सवको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको हो।
त्रेता युगमा सीता र रामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ। विवाह पञ्चमीमा भारतको अयोध्याबाट हरेक वर्ष जन्ती समेत आउने गरेका छन्।





