जिप दुर्घटनामा १३ जना घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

मङ्गलसेन नगरपालिका-६ ठूलासैन नजिकै मध्यपहाडी पुष्पलाल राजमार्गमा जिप दुर्घटना भएको हो ।

हुम्ला जिल्लाको सिमीकोट गाउँपालिका-३ का कार्बु लामाले चलाएकोे भे१च २५७६ नंको जिप दुर्घटनामा परी १४ जनामध्ये १३ जना घाइते र एकजना सामान्य घाइते भएका हुन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए ।

बाजुराबाट सुर्खेततर्फ जाँदै गरेको जिप ओरालोमा एक्कासि ‘ब्रेक फेल’ भई सडकको किनारमा पल्टिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button