पोखरा । पोखराको मुस्ताङचोकमा लाग्ने शनिबारे अर्गानिक हाटमा ग्राहकको आर्कषण बढेको छ ।
नेपाल गृह श्रमिक महिला संघ र जागरण महिलाद्वारा संयुक्तरुपमा आयोजित हाटमा ग्राहकको आर्कषण बढेको हो ।
प्रत्येक शनिबार बिहान ७ बजेदेखि सञ्चालन हुने हाटमा आफ्नो घरमै लगाइएको तरकारी तथा खाद्य सामाग्री किन्ने तथा अवलोकन गर्न पाइन्छ ।
हाटमा साग, धनिया, तरूल, पिँडालु, च्याउ, धूप, गेडागुडी, अर्गानिक फापरको पिठोबाट बनाएको कुकिजहरु राखिएको छ ।
नेपाल गृह श्रमिक महिला संघकी अध्यक्ष गीता पौडेलका अनुसार हाटले विशेषगरि पोखरेलीको ध्यान तानेको छ ।
हाटमा बिहानैदेखि तातो सेल रोटी र अचार अर्गानिक अचार खान पाइन्छ । साथै टाढा टाढाबाट चिया पिउनका लागि पनि हाटमा आउने गरेका छन् ।
खानेमात्रै नभई घरमा नै लैजान मिल्नेगरि आफूहरुले सेवा दिइरहेको अध्यक्ष पौडेलले बताइन् ।
हाटमा आउनेहरुलाई समूह आफैले बनाएको दुनाटपरीमार्फत सेल, अचार दिने गरिएको जागरण महिलाकी सचिव सीता राना मगरले बताइन् ।
अर्गानिक स्वाद टिपिकल शैलीमा पस्कने हुँदा आम सर्वसाधारणको आर्कषण बढेको उनले बताइन् ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution