धारापानी चौतारी टोल विकास संस्थाको साधारणसभा तथा सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ स्थित धारापानी चौतारी टोल विकास संस्थाको दोश्रो साधारणसभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले सबैको सहयोगमा वडालाई समृद्ध बनाउने प्रतिवद्धता जनाए ।

उनले वडावासीको सेवामा आफूहरु सदैव तत्पर रहेको भन्दै केही काममा वडावासीले नै अख्तियार र अदालत पुर्याएको भन्दै दुःखेसो पोखे ।

उनले दुःखेसो पाख्दै भने, ‘जनताका सेवामा निरन्तर खटिएका छौं । जनताकै सेवा गर्दा अख्तियार र अदालत पुर्याउने काम भएको छ । अब जनताको सेवा गर्ने कि अख्तियार र अदालत जाने ?’

वडासदस्य एवं महानगरका कार्यपालिका सदस्य हरिमाया विश्वकर्माले महिला दिदीबहिनीका साथै वडावासीको सेवामा अझै सक्रिय बन्ने प्रतिवद्धता जनाइन् ।

वडा सदस्य गोविन्द प्रसाद पराजुलीले टोलको सक्रियता बिना विकास असम्भव रहेको बताए ।

वडा सदस्य मणिराम बरालले वडावासीको सबै दुःखमा साथ दिने प्रतिवद्धता जनाए ।

संस्थाका सल्लाहकार कृष्णप्रसाद तिमिल्सिनाले टोल विकास संस्थाले एक वर्षमा गरेको कामको प्रशंसा गरे । उनले टोलभित्र पँधेरो, कीरियापुत्री भवन बनाउन र पानीको समस्या समाधान गर्न ध्यान दिनुपर्ने बताए ।

धारापानी टोल विकास संस्था (ख) का निवर्तमान अध्यक्ष धनञ्जय पौडेलले टोल विकास संस्था स्थापनाका लागि र टोलको विकासका लागि निकै धेरै संघर्ष गरेको भन्दै विगतका कामको स्मरण गरे ।

संस्थाकी अध्यक्ष तुलमाया सुवेदी भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कृषि सञ्जाल पोखरा-५ का अध्यक्ष शोभाखर अधिकारी, धारापानी आमा समूहकी सचिव राधादेवी तिवारी र पोखरेली दिदीबहिनी परिवारका अध्यक्ष सन्तोषी ढकालले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष हुमलाल लामिछानेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव सुनिता कार्कीले गरेकी थिइन् भने अध्यक्ष भण्डारी र कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ नागरिकहरु गंगादेवी थापा मगर, डबली पराजुली क्षेत्री, नेत्रलाल लामिछाने, सावित्री सुवेदी र लालकुमारी भुर्तेललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यसैगरी कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सागर भण्डारी, पवन भण्डारी, सन्दीप अर्याल, ज्ञानु पौडेल, प्रदीप हमाल, सुदीक्षा लामिछाने, सन्तोषी रोका लगायतलाई सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button