
पोखरा । नेपाल सुपर लिग (एनएसएल) २०२३ को दोस्रो क्वालिफायरमा आज पोखरा थण्डर्सले ललितपुर सिटी एफसीको सामना गर्दैछ । खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँज साढे ५ बजे हुनेछ ।
खेलको विजेताले शनिबार हुने फाइनलमा धनगढी एफसीसँग खेल्नेछ । धनगढीले पहिलो क्वालिफायरमा पोखरालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।
एकपटक पराजित भएको पोखराले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । अवसरलाई सदुपयोग गर्दै आजको खेलमा प्रस्तुत हुने र फाइनल पुग्ने पोखराका मुख्य प्रशिक्षक नवीन न्यौपानेको विश्वास छ । आजको खेल नकआउट भएकोले दुवै टोलीका लागि आजको खेल जित्नैपर्ने दवाव छ ।





