
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ९ हरियाली वनबाट एक थान कटुवा पेस्तोल बरामद भएको छ ।
बारुद भरेको २ वटा फलामको खोकासहितको उक्त पेस्तोल बरामद भएको छ भने प्रहरीले २ जनालाई प्रहरी पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-२ भाबर बस्ने २६ वर्षीय लालकुमार तितुङ र १९ वर्षीय ज्ञानबहादुर स्याङतान छन् ।
ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४१ प २८१८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।





