
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले प्रहरीमाथि हातपात गर्ने एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं. ६ बसपार्कका ३७ बर्षका ज्ञानबहादुर विश्वकर्मा रहेका छन् ।
विश्वकर्मा बुधबार बिहान ११ः३० बजेको समयमा सार्वजनिक स्थानमा होहल्ला गरी हिँडेको र बाटोमा हिँड्ने सर्वसाधारणलाई समेत गाली गरेका थिए ।
त्यसक्रममा प्रहरीले सम्झाई-बुझाई गर्न खोज्दा प्रहरीमाथि हातपात गर्न खोजेको र गाली गलौज गरेपछि उनलाई नियन्त्रणमा लिइएको गोरखा प्रहरीका सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनलाई पक्राउ गरि शान्तिसुरक्षा खल्बल्याएको कसूरमा मुद्धा चलाइएकाे श्रेष्ठले बताए ।





