पोखरामा पूर्वराजा वीरेन्द्रको जन्मजयन्ति मनाइयो

  • पोखरा न्यूज
  • २०८० पौष १४
पोखरामा पूर्वराजा वीरेन्द्रको जन्मजयन्ति मनाइयो

पोखरा । पोखरामा आज पूर्वराजा वीरेन्द्र वीर विक्रम शाहको ७९ औं जन्मजयन्ति पोखरामा मनाइएको छ ।

पोखरा महानगरपालिका वडा नं. १० वीरेन्द्रचोकमा हालै पुनःस्थापित वीरेन्द्रको शालिकमा आज बिहान माल्यार्पण र साँझ दीप प्रज्वलन गरी जन्मजयन्ति मनाइएको हो ।

शालिक पुनःनिर्माण समिति सचिव अरुण गिरीका अनुसार सो अवसरमा स्थानीय आमा समूह, टोल विकास संस्था, मन्दिर व्यवस्थापन समिति, ज्येष्ठ नागरिकलगायत सहभागी थिए ।

वि.सं. २००२ पुस १४ गते जन्मिएका वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको घटनामा उनीसहित परिवारको वंशनास भएको थियो ।

नेपालको शाह वंशीय इतिहासमा उक्त घटनालाई रहस्यपूर्ण घटनाकारुपमा हेरिँदै आएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस