जिल्ला सहकारी संघ कास्कीको ५० औं वार्षिक साधारणसभा

पोखरा । जिल्ला सहकारी संघ कास्कीको ५० औं वार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

साधारणसभा उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले सहकारी क्षेत्रमा देखिएको समास्या समाधानमा सबैले हातेमालो गर्नुपर्ने बताए । उनले एउटाको बद्मासीले समग्र सहकारी क्षेत्र नै बद्नाम हुने अवस्था आएको भन्दै यस्तो हुन नदिन सबै सहकारीका सञ्चालकहरु सचेत हुन आवश्यक रहेको बताए ।

अध्यक्ष कंडेलले समुदायमा आधारित भइ ऐन नियम भित्र रहेर सुशासन कायम गर्दै सहकारी सञ्चालन हुनुपर्ने भन्दै सहकारीमा लागेकाहरुले इमान्दारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले स्वनियमबाट सहकारी सञ्चालन हुनुपर्ने खाँचो औंल्याए । उनले सहकारी ऐन, नियम, नीति र विधिबाट सञ्चालन गर्नुपर्ने भन्दै स्वार्थ केन्द्रित भएर सहकारी सञ्चालन गर्दा विभिन्न खालका समस्या निम्तिने बताए ।

कार्यक्रममा संघका अध्यक्ष सावित्रा कोइरालाले संस्थाको वार्षिक गतिविधि र भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा सप्तगण्डकी दुग्ध उत्पादक संघका अध्यक्ष पूण्यप्रसाद पौडेल, सहकारी म्यानेजर्स क्लव कास्कीका अध्यक्ष अपिल कोइराला, नेफ्स्कुनका केन्द्रीय सञ्चालक कमला गिरी लगायतले सहकारीहरुको पछिल्लो समस्या समाधान गरेर अघि बढ्नुपर्ने र सहकारी क्षेत्रमा देखिएका विकृति, विसंगति अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।

संघकी अध्यक्ष कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेले स्वागत, उपाध्यक्ष अम्विका गौतमले सहकारी सिद्धान्त वाचन र महासचिव दीपक बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

सो अवसरमा सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका केही तस्बिरहरु

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button